images
images
  • ८ मार्च : २० वर्ष अगाडिको मरणी देवीको त्यो कालो दिन

    महोत्तरी- २० वर्षअगाडिको कहालीलाग्दो दृश्य सम्झँदा मरणीदेवी अहिले पनि झसङ्ग हुन्छिन् । महोत्तरी मट्टीहानीस्थित सिमरदहीका स्थानीयले सामाजिक रूपमा बहिष्कार गरी गाउँबाट नै पलायन हुने स्थिति बनाएको त्यो भयावह दृश्य अहिले मरणीदेवीको मानसपटलमा नाचिरहन्छ ।

    उनी गाउँ र समाजबाट बोक्सीको आरोपमा बहिष्कार र यातना भोग्नुको मुख्य कारण एउटै थियो कि मरणीदेवीले गाउँका एक जना बच्चालाई पूजाको लागि कपुर लिन पठाइन् र ती बालक फर्किएपछि अचानक बिरामी हुनु ।

    बिरामी बच्चालाई झाँक्रीले ‘बाेक्सी’ लागेको बताएपछि बालकका बाबुआमाले मरणीदेवीलाई बोक्सीको आरोप लगाए । बच्चाका बाबुआमा मात्र हैनन् गाउँभरीका सबैले मरणीदेवीलाई बोक्सीको आरोप लगाए । गाउँका प्रमुख नवल सहनीको नेतृत्वमा बसेको पञ्चायतीले समेत मरणीदेवीलाई ‘बोक्सी घोषणा’ गर्‍यो।

    ३० साउन २०५८ मा भारतबाट आएका एक जना झाँक्रीले गाउँमा सानो पूजा लगाए। गाउँभरिका मानिसलाई प्रसाद खान दिए, तर खानेबित्तिकै मरणीदेवी बेहोस भइन्। बुहारीले उनलाई घर ल्याइन्। दुई बुहारी उनीसँग बस्थे, छोरा र लोग्ने कमाउन बाहिर गएका थिए। उनी घरमा जेठी बुहारीको छेउमा बसेकी थिइन्। साँझपखको कुरा हो, गाउँका प्रमुख नवल सहनी र उनका भाइ सुनील सहनी आएर उनलाई लछारपछार गर्न थाले ।

    मरणीदेवीलाई लछारपछार गर्दै गर्दा गाउँका मान्छे पनि जम्मा भए । सहनी दाजुभाइले मरणीदेवीलाइ अन्धाधुन्ध पिटन थाले । ‘मलाई आँखामा हानेकोसम्म थाहा छ, त्यसपछि केही पनि थाहा पाइँन,’ उनले भनिन् । बेहोस भएपछि सहनी दाजुभाइले कुटन छाडे । उनलाई अनेकथरी बोल्दै लात्तीले हाने, मुक्का प्रहार गरे, भुत्ल्याए, उचाले अनि पछारे गरे ।

    मरणीदेवीका बुहारीहरूले गाउँकै अस्पतालमा लगे र उपचार गरे । उपचार गरेकाे पाँँच दिनपछि मरणीदेवीको हाेस आयो । यतिन्जेलसम्म मरणीदेवीलाई हेर्न प्रमुख जिल्ला अधिकारी आए, प्रहरी आए र बोक्सीको आरोपमा चरम यातना दिने सहनी दाजुभाइ पक्राउ परे भने झाँक्री फरार भए ।

    received 277112157759888.jpeg

    मरणी देवी अहिले के गर्छिन ?

    मरणीदेवी अहिले बोक्सी प्रथाकै विरुद्ध अभियान चलाउँछिन । समाजमा पुन:स्थापित भइसकेकी मरणीदेवी केही समय काठमाडाैँमा रहेका आफ्नो छोरासँग बसेपछि अहिले गाउँमै बसेर बाेक्सी प्रथाविरुद्ध लागेकी छन् ।

    ‘कानुनले पनि मलाई न्याय दिइयो,’ उनी भन्छिन् । अहिले उत्तराधिकारीको रूपमा मरणीदेवीले आफ्ना बुहारीलाई पनि अभियानका लाग्न प्रेरणामात्र हाेइन जिम्मेवारी सुम्पेकी छन् । ‘सामाजिक अन्धविश्वासविरुद्ध डटेर लाग्न र सचेतना प्रवाह गर्न बुहारीलाई पनि अगाडि बढाएको छु,’ उनले भनिन् ।

    received 638604887196249.jpeg

    प्रतिक्रिया दिनुहोस्
    images
    images