काठमाडौं- सरकारले बिहीबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ । ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















