काठमाडौं- नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवनको पश्चिम गेटनजिक शंकास्पद वस्तु फेला परेको छ । आज बिहान संघीय संसद भवनको १ नम्बर गेट अगाडि शंकास्पद बस्तु फेला परेको हो ।
संसद भवनको सीधा अगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो । अहिले त्यस क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ ।
नेपाली सेनाको टोली पुगेको र डिस्पोजको तयारी भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा आएका व्यक्तिले उक्त क्षेत्रमा झोला फालेर हिँडेको देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए ।
सो क्षेत्र भएर गुड्ने सवारी साधनलाई बैकल्पिक रुट प्रयोेग गरेर सञ्चालनमा ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















