images
images
  • देशभर १११ कोरोना संक्रमित थपिए, थप एक जनाको मृत्यु

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७ सय १० जनाको नमुना परीक्षण गर्दा १ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।

    यसैगरी सोही समयमा थप एक जनाको संक्रमणका कारण ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९३६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४१५ जना संक्रमणमुक्त भएका छन् । आज थपिएकासँगै हाल देशभर ८ हजार ५१७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images