images
images
  • व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णयमा माओवादी नेता पोखरेलको असहमति

    काठमाडौं- नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्ने पार्टीको निर्णयमा असहमति जनाएका छन् ।

    पार्टीको निर्णयपछि न्युज कारखानासँग कुरा गर्दै एमसीसीमा टिप्पणीसहितको सम्झौताको अर्थ नहुने बताए ।

    एमसीसीमा टिप्पणीसहितको सम्झौता गर्ने भनिए पनि त्यो सिधै सम्झौता ठहर्ने नेता पोखरेलको भनाई छ ।

    सम्झौता संशोधन वा परिमार्जनमध्ये आफुहरुको माग पुरा नहुने र सम्झौता संशोधनको अर्थ पनि नरहने उनले तर्क गरे ।

    व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयमा अन्य केहि नेताहरु पनि असन्तुष्ट रहेको तर आफुले नाम भन्न नचाहेको पोखरेलले  बताए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images