images
images
  • एमसीसी ल्याउनुपर्छ भन्नेलाई ताली बजाउँछन्, कार्यकर्ता सडकमा उतारेर मलाई ढुंगा हान्न लागाउँछन्- ओली

    काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ दलले नै कार्यकर्तालाई सडकमा उतारेर प्रहरी र आफुुलाई ढुंगा हान्न लगाएको बताएका छन् ।

    शुक्रबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमसीसी ल्याउनुपर्छ भनेर सम्झौता गर्नेहरूले विरोध गर्दै हिँडेको र आफूमाथि ढुंगा प्रहार गरेको बताए ।

    एमसीसी ल्याउनुपर्छ भन्ने नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, सम्झौता गर्ने नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस तथा नेता डा। बाबुराम भट्टराईलाई केही नगरी आफूमाथि ढुंगा हानिएको उनको भनाइ छ । केही दिनअघि प्रतिनिधिसभा बैठकमा जानेक्रममा ओलीलाई लक्षित गर्दै ढुंगा प्रहार गरिएको थियो ।

    “एमसीसी सहयोग नेपालमा ल्याई पाऊँ भनेर आफू चिठी लेखेर निवेदन हाल्ने झलनाथ खनाल बाटोमा हिँड्दा ढुंगा हान्दैनन् । ताली बजाउँछन् । बाबुराम भट्टराई एमसीसी अघि बढाउने मान्छे हिँड्दा ढुंगा हानेनन् । नेपाली कांग्रेसले एमसीसी पास गराउनुपर्छ भन्छ । सभामुखले टेबुल गरेका छन् । ढुंगा हानिँदैन । एमसीसी ठिक छ भनेर कुरा टुंग्याउने कृष्णबहादुर महरा बाटोमा हिँड्दा ढुंगा हानिँदैन,” ओलीले भने, “म बाटोबाट हिँड्छु अनि ढुंगा हान्छन् ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images