images
images
  • युनाइटेडलाई अवे गोलको फाइदा, रोकियो एट्लेटिको

    युइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा एट्लेटिको मड्रिड र म्यानचेस्टर युनाइटेडले १-१ अन्तरको बराबरी खेलेका छन् । स्पेनिस ला लिगा क्लब एट्लेटिकोको घरमा भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर एक गोलले पछि परेको स्थितिमा बराबरी गर्न सफल भएको हो ।

    सातौ मिनेटमा जोआओ फेलिक्सको गोलबाट घरेलु टोलीले अग्रता लियो । खेलको ८०औं मिनेटमा एन्थोनी इलांगाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

    बराबरीसँगै दुवै टोलीको च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने सम्भावना जीवित छ । दोस्रो लेग १५ मार्चमा युनाइटेडको मैदानमा हुनेछ ।

    राति नै भएको अर्को खेलमा पोर्चुगिज क्लब बेन्फिका र डच क्लब आयाक्सले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images