images
images
  • भारतीय गुप्तचर संस्था ‘रअ’का उप-प्रमुख शर्मा काठमाडौंमा

    काठमाडौं- भारतीय गुप्तचर संस्था ‘रअ’का उप-प्रमुख चन्दर शर्मा नेपाल आएका छन्।

    ‘रअ’ का प्रमुख सामन्त गोयलपछि दोस्रो वरियताका शर्मासहित पाँच जनाको टोली सुनौली नाका हुँदै सोमबार काठमाडौं आइपुगेको भारतीय दूतावास स्रोतले जनाएको छ।

    उनीहरू भैरहवा नाका काटेर उपत्यका छिरेपछि सिधै भारतीय दूतावास लैनचौर हान्निएका थिए। लगतै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँगको तीन घण्टा बसाइँपछि ुरअु उप(प्रमुखसहितको टोली होटल द्वारिकाज पुगेको बताइएको छ।

    काठमाडौंमा उनीहरूले मंगलबार दिउँसो नेपालका लागि ‘रअ’ प्रमुख अनील गिरिसँग झण्डै ४ घण्टा गोप्य रणनीतिक वार्ता गरेको बताइएको छ।

    भारतीय दूतावासका एक अधिकारीका अनुसार उनी ‘रअ’को गुडबुकमा रहेका एमाले अध्यक्ष ओलीलाई एमसीसीको पक्षमा मुख खोलाउन काठमाडौं आएका हुन्। भारत एमसीसी पारित होस् भन्ने चाहन्छ। अमेरिकाले नै भारतीय हितको पक्षपोषण गरिरहेकाले भारतले पछिल्लो पटक एमसीसीका बारेमा मुख खोलेको थिएन।

    तर, एमसीसी वार कि पार हुने बेलामा पनि अमेरिकी राजदूत बेरीको कूटनीतिले एमसीसीको पक्षमा पासा पल्टाउन नसकेपछि भारतले रअ उपप्रमुखलाई काठमाडौं पठाएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images