काठमाडौं- मध्यबानेश्वर क्षेत्रबाट ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूसँग एक जना नेपाली पनि पक्राउ परेका छन् । पक्राउ परेका नेपाली उनीहरूको सहयोगी भएको प्रहरीको भनाइ छ ।
चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















