images
images
  • यस्तो छ प्रचण्डले एमसीसीबारे देखाएको दोहोरो चरित्र !

    काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई वर्षअघि घोषणा गरे म ओरिजिनल माओवादी होइन। त्यति बेला उनी नेकपाका दुई अध्यक्षमध्ये एक थिए। एमालेतर्फका नेतारकार्यकर्ताको मन जित्नु थियो।

    त्यही भएर चाडपर्वका शुभकामना आदानप्रदान कार्यक्रममा पनि असान्दर्भिक विषय उप्काएर राजनीतिक माहोल तताए। परिस्थितिअनुसार आफू र पार्टीलाई ढाल्न सक्ने चलायमानु नेताका रूपमा चिनिन्छन् दाहाल।

    एमसीसीका सन्दर्भमा त दाहालले आइतबार पाँच अवतार देखाए। एमसीसी संसद्मा लैजान बिहान सत्ता गठबन्धनमा सहमति जनाए। क्षणभरमै प्रमुख सचेतकमार्फत असहमति जनाउन लगाए। पार्टीका अर्थमन्त्रीलाई संसद्मा अनुपस्थित गराए। सम्झौता टेबल भएपछि पनि पारित गर्न नदिनेु धारणा सार्वजनिक गरेर फेरि ‘भ्रमु फिंजाए। दाहालले एकै दिन गराएका यी घटनाक्रम कुन ओरिजिनल र कुन डुब्लिकेट थिए भन्ने छुट्याउनै कठिन छ।

    गठबन्धनमा ओके, बाहिर विरोध:
    दाहालले आइतबार बिहान गठबन्धनको बैठकमा नेता नारायणकाजी श्रेष्ठलाई लगेनन्। यसअघि नछुट्ने नेतामा पर्थे श्रेष्ठ। उनले कुनै पनि हालतमा एमसीसी संसद्मा लैजान नहुने बताउँदै आएका थिए। उनले सामाजिक सञ्जालमार्फत एमसीसीको विपक्षमा मत जाहेर गरे।

    दाहालले ‘चलाखीपूर्ण’ रूपमा सहमति जनाएकै कारण सभामुखले संसद्को कार्यसूचीमा एमसीसी राख्ने निर्णय सुनाए। जबकि माओवादी प्रमुख सचेतक देव गुरुङले एमसीसी टेबल गर्न नहुने भन्दै कार्यव्यवस्था परामर्श समितिमै ‘नोट अफ डिसेन्ट’ लेख्ने जनाएका थिए। तर, दाहालको ‘साथ’ पाएपछि माओवादीको विरोधबीच पनि कार्यसूचीमा एमसीसी चढाउन तयार भए सभामुख। यसअघि भने सभामुखले ‘राजनीतिक सहमति नजुटेसम्म’ कार्यसूचीमा नराख्ने बताउँदै आएका थिए।

    प्रमुख सचेतकमार्फत असहमति:
    दाहालले गठबन्धनमा सहमति जनाए पनि कार्यव्यवस्थामा विरोध जनाउन लगाए। प्रमुख सचेतक गुरुङले संसद्मा टेबल गर्ने प्रक्रियामै असहमति जाहेर गरे। त्यति मात्र होइन, दाहाल उपस्थित प्रतिनिधिसभा बैठकमै गुरुङले विरोध गर्न समय मागे। उनले एमसीसी टेबल गर्न नहुने धारणा सुनाए। ‘बाहिर जनता आन्दोलित छन्,’ गुरुङले भने, ‘एमालेको अवरोध कायमै छ। राष्ट्रहितविपरीत छ। सदनमा टेबल गर्ने र अनुमोदन गर्ने भन्ने कुरा पनि छैन। कार्यव्यवस्थामा पनि असहमति दर्ज गरेका छौं। यसलाई टेबल नगरौं।’

    यो घटना संसदीय राजनीतिमा शोभनीय नभएको कांग्रेसका नेता बताउँछन्। ‘प्रचण्डजी पार्टीको दलका नेता हो नि,’ कांग्रेसका एक सांसदले भने, ‘दलका नेताले भनेको नमान्ने पनि प्रमुख सचेतक हुन्छन् र रु आजको दोहोरो चरित्र राम्रो भएन।’

    अर्थमन्त्री अनुपस्थित:
    एमसीसी अघि बढाउने निर्णयलगत्तै अर्थमन्त्री एवं माओवादी नेता जनार्दन शर्मा ‘बिरामी’ परे। अर्थमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी संसद्मा पेस गर्ने निष्कर्षमा सरकार पुग्यो।

    अर्थमन्त्री शर्मा संसद्मा देखा परेनन्। सञ्चारमन्त्री कार्कीले एमसीसी पेस गरिरहँदा सत्तासीन माओवादीकै प्रमुख सचेतक गुरुङ, पूर्वसभामुख कृष्णबहादुर महरालगायत नेताले कुर्सीबाट उठेर विरोध जनाए।

    सत्तारुढ घटक जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले माओवादीको द्वैध चरित्रले अचम्मित पारेको बताए। ‘साँच्चै एमसीसीको विरोध गरेको हो भने सरकार छोड्नुप¥यो। यसरी द्वैध चरित्र देखाउनु भएन,’ नेता खतिवडाले भने, ‘एमसीसी मुख्यालयलाई चिठी लेख्ने अनि सडकमा कार्यकर्ता उतारेर बितन्डा मच्चाउने रु प्रचण्डले सर्वाधिक गैरजिम्मेवार हर्कत गरिरहनुभएको छ।’

    अर्थमन्त्रीले एमसीसी टेबल नगरेकामा पनि उनले आपत्ति जनाए। ‘अब शर्मालाई अर्थमन्त्री मानिरहन जरुरी छैन,’ उनले भने, ‘आफ्नो मन्त्रालयको नैतिक तथा राजनीति जिम्मेवारीबाट भाग्ने भगौडा के को अर्थमन्त्री रु’

    कांग्रेस महामन्त्री गगन थापाले भने एमसीसीका विषयमा दलहरूले ‘डबल स्टान्डर्ड’को बानी छोड्नुपर्ने बताए। ‘बालुवाटारमा सहमति गर्ने, पेरिसडाँडा पुगेर असहमति जनाउने यो कुन तरिका हो रु’ महामन्त्री थापाले भने। एमसीसी राष्ट्रघाती नै हो भने सरकारविरुद्ध नभई आफ्नै पार्टी अध्यक्षविरुद्ध गठबन्धनका नेताहरूले विरोध गर्नुपर्ने थापाले बताए।

    माओवादी प्रमुख सचेतक गुरुङले सभामुखले रुलिङ गरेका कारण आफ्नो पार्टीले प्रक्रियामा भाग लिएको बताए। उनले एमसीसी अनुमोदनका बेला आफ्नो पार्टीले विपक्षमा भोट हाल्ने बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images