इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । म्यानचेस्टर युनाइटेडले लीड्स युनाइटेडलाई ४–२ ले पराजित गरेको हो ।
अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडका लागि ३४ औँ मिनेटमा ह्यारी मागुइरी, पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा ब्रूनो फेर्नान्नडेस, ७० औँ मिनेटमा फ्रेड र ८८ औँ मिनेटमा इलान्गाले गोल गरे ।
यस्तै लीड्सका लागि ५३ औँ मिनेटमा रोड्रिगो र ५४ औँ मिनेटमा राफिन्हाले गोल गरेका हुन् । जितपछि २६ खेलबाट ४६ अंकसहित म्यानचेस्टर युनाइटेड चौथो स्थानमा छ । पराजित भएको लीड्स २४ खेलबाट २३ अंकसहित १५ औँ स्थानमा छ ।
आइतबार राति नै भएको अर्को खेलमा वुल्भ्सले लेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















