काठमाडौ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद्मा एमसीसी टेबल गर्ने ठाउँमा आइपुगेका पार्टीहरू मतदान गर्ने बेलासम्म सहमतिमा आइपुग्ने विश्वास व्यक्त गरेका छन् ।
अन्योल र अलमलका बीचमा संसद्मा एमसीसी टेबल भएको र अब प्रक्रिया पूरा गरेर पास हुने महामन्त्री थापाले विश्वास व्यक्त गरे । उनले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकपछि प्रस्तावमाथि छलफल हुने बताए । उनले आज संसद्मा टेबल गरे अनुसार नै छलफल हुन्छ । उनले छलफलपछि मतदानमार्फत एमसीसी टुंगो लाग्ने बताए ।
उनले भने,’ अब यो प्रक्रिया अगाडि बढ्छ । यो विषय अगाडि बढिरहँदा गठबन्धन रहन्छ, रहँदैन भन्ने हुँदैन । सरकारमा पनि बस्ने अनि सरकारले ल्याएको प्रस्तावको विरोध पनि गर्ने । यो डबल स्ट्यान्डर्ड अब छाड्नुपर्छ । आधाले विपक्षमा लागे जस्तो गर्ने आधाले पक्षमा लागे जस्तो गर्ने यस्तो बन्द गर्नुपर्छ ।’
थापाले एमसीसीविरुद्ध नाराबाजी गर्नेले अब एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बोल्न सक्नुपर्ने बताएका छन्।
’यो प्रस्ताव राष्ट्रघाती हो भन्ने हो भने अब केपी शर्मा ओली प्रचण्ड मुर्दावाद भन्न सक्नुपर्छ’, उनले भने, ’यो विषय संसदमा छलफल भएको छ। अब संसदमा कुरा हुनुपर्छ। संसदमा कुरा होला कि नहोला भन्ने थियो। १२ गतेबाट सामान्य छलफल हुन्छ।’
उनले मतदानमा जाँदै गर्दा केपी ओलीले गरेको दर्ता र शेरबहादुर देउवाले गरेको प्रस्तावबारे प्रश्न उठ्नेप्रति उनले अब सबैले डलब स्टान्डर्ड छाड्नुपर्ने बताए।


विश्व खबर 



















