images
images
  • ओमानविरुद्ध ब्याटिङ थालेको नेपालले गुमायो तीन महत्वपूर्ण विकेट

    काठमाडौं- आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले आयोजक ओमानविरुद्ध पहिले ब्याटिङ थालेको छ ।

    घरेलु टोलीबिरुद्ध अल अमेरात क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको हो । आठ ओभरमा नेपालले आफ्ना तीन महत्वपूर्ण विकेट गुमाइसकेको छ । नेपालले ३९ रन बनाएको छ ।

    आजको खेल जितेर विश्वकप छनोटमा सुखद सुरुआत गर्ने दाउमा रहेको नेपालले सुरुवातमै नराम्रो झट्का बेहोरेको छ । अहिले दीपेन्द्र एरी र आरीफ शेख क्रिजमा छन् ।

    यसअघि ओमानमै भएको चारदेशीय टी-२० सिरिजमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images