images
images
  • ‘ए डिभिजन लिग’: दुई खेल अघिनै मछिन्द्रलाई लिगको उपाधि

    काठमाडौं- सातदोबाटो युथ क्लबलाई १-० अन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए डिभिजन लिग’ फुटबलको उपाधि जितेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे । खेलको ५३औँ मिनेटमा अजरबैजानका खेलाडीले निर्णायक गोल गरेका हुन् ।

    जितसँगै शीर्ष स्थानको मछिन्द्रले ११ खेलमा २९ अंक जोडेको छ । मछिन्द्र दोस्रो स्थानको मनाङ मर्स्याङ्दीभन्दा ९ अंकले अघि रहेको छ । मनाङको २० अंक रहेको छ । सातदोबाटोले ११ खेलमा १५ अंक जोडेको छ । सातदोबाटो छैटौँ स्थानमा रहेको छ ।

    यसअघि मछिन्द्रले ०७६ सालमा पहिलो पटक शीर्ष डिभिजन लिगको उपाधि जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images