images
images
  • रोनाल्डो र फर्नानडेजको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

    काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    युनाइटेडको घरेलु मैदान ओल्ड टाफोर्डमा भएको खेलमा क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नानडेजले एक एक गोल गरेका थिए । रोनाल्डोले खेलको ५१औं मिनेटमा गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ९० मिनेटपछिको इन्जुरी समयमा ब्रुनो फेर्नानडेजले युनाइटेडका लागि दोस्रो गोल गरेका थिए ।

    यस खेलमा खेलको ५४औं मिनेटमा ब्राइटनका लेविस डुंकले रातो कार्ड पाएपछि ब्राइटन १० खेलाडीमा सिमित भएको हो । यो जितपछि म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ ।

    युनाइटेड २५ खेलपछि ४३ अंकसहित लिगमा चौथो स्थानमा उक्लिएको छ ।

    त्यस्तै ब्राइटनले २४ खेलमा ३३ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images