images
images
  • च्यासल र बीबीसी बराबर, दुवैलाई घाटा

    सहिद स्मारक ए डिभिजन लिगको एघारौं चरणको खेलमा रेलिगेशन क्षेत्रमा रहेका ब्रिगेड ब्वाईज क्लब (बीबीसी) र च्यासल युथ क्लबले गोलरहित बराबरी खेलेका छन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अंक बाँडेसँगै दुवै टोलीलाई घाटा भएको छ । दुवै टोली हाल रेलिगेशन जोनमा छन् ।

    च्यासल ६ अंकसहित पुछारमा छ । बीबीसी भने एक स्थान माथि उक्लिएको छ । उसको ११ खेलबाट सात अंक छ ।

    च्यासलका राजिव लोप्चाङ र विकास मेराग्लिया गोल गर्नबाट चुकेका थिए । यता, बीबीसीका भुवन बस्नेत, शिशिर लेखी, रोशन राना मगर गोल गर्नबाट टाढा रहे ।

    यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेल युथ क्लबले फ्रेन्ड्सलाई ३-३ गाेल अन्तरको बराबरी खेल्दै अंक बाँडे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images