images
images
  • राष्ट्रपतिद्वारा साहित्यकार शर्माको निधनप्रति दुःख व्यक्त

    काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यकार तारानाथ (ताना) शर्माको निधनप्रति दुःख व्यक्त गरेकी छन् । शर्माको मंगलबार विहान निधन भएको थियो ।

    ‘प्रखर समालोचक एवं नेपाली भाषामा झर्रोवादी आन्दोलनका अग्रणी डा. तारानाथ शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको छ,’ राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन् ।

    निधन भए पनि कृतिका माध्यमबाट शर्मा अमर रहने उनले बताएकी छन् ।

    ‘आफ्ना दर्जनौँ कृतिका माध्यमबाट उहाँ हामी बीच अमर रहनुहुनेछ । दिवंगत शर्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु,’ राष्ट्रपति भण्डारीले लेखेकी छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images