images
images
  • प्रधान सेनापति र युएईका राजदूतबीच भेटघाट

    काठमाडौं- नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई) का राजदूत सयिद हमदान अल नाक्बीले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् ।

    नाक्बीले सोमबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति शर्मासँग शिष्टाचार भेट गरेका हुन् । भेटघाटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

    ‘यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images