images
images
  • प्रहरीको ‘सीआईबी’ले माग्यो क्रिप्टो र हाइपरफन्डमा संलग्न हुनेहरूको सूचना

    काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले क्रिप्टो तथा भर्चुअल नेटवर्किङमा संलग्न नहुन सर्वसाधरणलाई आग्रह गरेको छ । ब्युरोले एक सार्वजनिक सूचना जारी गर्दै हाइपरफन्ड, डिजिटल नेटवर्किङ, भर्चुअल र क्रिप्टो करेन्सी कारोबार संलग्न नहुन र भएकाहरूबारे सूचना भए उपलब्ध गराउन अनुरोध गरेको छ ।

    नेपालमा यस्तो कारोबार अवैधानिक रहेको र यसबारे नेपाल राष्ट्र बैंकले पटक-पटक सचेत गराएको स्मरण गराउँदै ब्युरोले यस्तो गैर कानुनी कार्यमा संलग्न भए कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

    ‘हाइपरफन्ड , डिजिटल नेटवर्किङ, भर्चुअल र क्रिप्टो करेन्सी कारोबार संलग्न नहुन आग्रह गर्छौं, गैरकानुनी क्रियाकलापमा संलग्न भए गरेको पाइए कडाइका साथ कानुनी प्रक्रिया अघि बढाइने छ,’ केन्द्रीय अनुसन्धान ब्युरोले सर्वसाधरणलाई भनेको छ ।

    साथै विभागले यस्तो काममा संलग्न व्यक्ति वा संस्थाबारे कुनै सूचना भए ब्युरोलाई उपलब्ध गराएर सहयोग गर्न पनि आग्रह गरेको छ । हाइपरफन्ड, डिजिटल नेटवर्किङ, भर्चुअल र क्रिप्टो करेन्सी कारोबार संलग्न भए गरेको पाइए कसुरको बिगो जफत गरी तीन गुणासम्म जरिबाना वा तीन वर्ष सम्मको कैद सजाय हुने पनि ब्युरोले स्मरण गराएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images