images
images
  • थप ५२१ जनामा कोरोना संक्रमित, १० को मृत्यु

    काठमाडौं- नेपालोमा पछिल्लो २४ घण्टामा ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० हजार ११५ जनाको स्वाब परीक्षण गर्दा ५२१ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै, संक्रमणबाट १० जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ८९२ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा तीन हजार ९३५ जना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको कूल संख्या ९ लाख ३८ हजार ५८३ पुगेको छ। हाल देशभर २२ हजार ५८४ सक्रिय संक्रमित छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images