
काठमाडौँ । इन्टर मिलान कोपा इटालीको सेमिफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न क्वाटरफाइनलको खेलमा इन्टर मिलानले एएस रोमालाई २-० गोल अन्तरले पराजित गर्दै कोपा इटालीको सेमिफाइनलमा पुगेको हो ।
इन्टरमिलानको जितमा एडिन डिजेको र एलेक्सिस सान्चेजले एक एक गोल गरेका थिए ।
डिजेकोले खेलको दोस्रो मिनेटमा नै गोल गरेर इन्टरलाई शुरुवाती अग्रता दिलाएका थिए भने सान्चेजले खेलको ६८औ मिनेटमा गोल गर्दै इन्टरको अग्रता दोब्बर पारेका थिए ।
अब इन्टर मिलानले सेमीफाइनलमा एसी मिलान र लाजियोबीचको विजेतासँग खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस्