images
images
  • सेनाको पूर्व सैनिक सम्मेलन-२०७८ संचालन हुने: दश किसिमका सेवा दिंदै सेना

    काठमाडाैं- भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुलाई लक्षित गरी नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा चौथो चरणको “भूतपूर्व सैनिक सम्मेलन-२०७८” संचालन हुन गइरहेकाे नेपाली सेनाले जानकारी दिएकाे छ ।

    २०७८ चैत्र ०९, १०, २० र २१ गते क्रमश: दिपायलस्थित ५ बाहिनी अड्‍डा, धनगढीस्थित भवानी दल गण, सूर्खेतस्थित पश्‍चिम कमाण्ड हे.क्वा. र नेपालगञ्‍जस्थित नं. ४ बाहिनी अड्‍डामा संचालन हुने छ ।

    उक्त भूतपूर्व सैनिक सम्मेलनमा डडेल्धुरा, बाजुरा, बैतडी, अछाम, बझाङ्ग, दार्चुला, डोटी, कैलाली, कञ्‍चनपुर, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला, बाँके र बर्दिया जिल्लाहरुमा बसोबास गरी सोही क्षेत्रको बैंकबाट पेन्सन बुझिरहेका नेपाली सेनाका भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिहरु सहभागी हुन सक्ने छन् ।

    सेनाका अनुसार, उक्त सम्मेलनमा सहभागी हुने भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिहरुले पेन्सन पट्टा तथा सोको प्रतिलिपि-१ (एक) र पासपोर्ट साईजको फोटो प्रति-२ (दुई) सहित २०७८ माघ २४ गतेदेखि २०७८ फाल्गुन ३० गतेसम्म आफूले पेन्सन प्राप्त गरिरहेको जिल्लामा तैनाथ नेपाली सेनाको युनिटमा गई नाम दर्ता गराउनु पर्नेछ ।

    कामको सिलसिलामा अन्यत्र जिल्लामा रहेका व्यक्तिहरुले नजिकको हिताधिकारी कल्याण केन्द्र र काठमाण्डौं उपत्यकाको हकमा महाराजगन्जस्थित नेपाली सेना कल्याणकारी बोर्डमा नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको सेनाले जानकारी दिएकाे छ ।

    साथै, उक्त “भूतपूर्व सैनिक सम्मेलन-२०७८” मा देहायका सेवा सुविधाहरु प्रदान गरिने जानकारी पनि सेनाले दिएकाे छ ।

    दश किसिमका सेवा प्रदान गरिदै
    (क) सम्मेलनमा सहभागीहरुलाई दैनिक तथा भ्रमण भत्ताको व्यवस्था गरिने छ ।
    (ख) फटिग क्याप/सल, ट्रयाकसुट/स्वीटर र First Aid Kit वितरण गरिने छ ।
    (ग) बहालवाला तथा भू.पू. सैनिकका अशक्त आश्रितहरुलाई व्हिल चियर तथा वैशाखी वितरण गरिने छ ।
    (घ) विभिन्न कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण गरिने छ ।
    (ङ) सर्वोत्कृष्ट र उत्कृष्ट लघु उद्यम व्यवसायीहरुलाई पुरस्कार वितरण गरिने छ ।
    (च) जेष्ठ भू.पू. सैनिक तथा जेष्ठ एकल महिलालाई सम्मान गरिने छ ।
    (छ) आफ्ना ४ (चार) जना वा सो भन्दा बढी सन्तान (छोरा/छोरी) हरुलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गरेको योगदानको कदर स्वरुप जीवित आमा/बाबु मध्ये १ (एक) जनालाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गरिने छ ।
    (ज) बिरामीहरुलाई विशेषज्ञ डा. द्वारा GOPD, MEDICINE, SURGERY, OBS/GYN, PAEDIATRICS, EYE, ENT, DENTAL, RADIOLOGY, PHARMACY, PATHOLOGY, ORTHOPEDIC लगायतका स्वास्थ्य उपचार सुविधा प्रदान गरिनुका साथै COVID-19 Vaccine नलगाएकाहरुको हकमा Vaccine को ब्यवस्था गरिने छ भने आँखा चेकजाँच गरी आवश्यकता अनुसार नि:शुल्क चस्मा वितरण समेत गरिनेछ । सो सुविधाहरु प्राप्त गर्नको लागी सम्बन्धितले अनिवार्य रुपमा उपचार पुस्तिका लिएर आउनु पर्नेछ ।

    (भूतपूर्व सैनिक सम्मेलन सम्बन्धी थप जानकारीको लागि टेलिफोन नं. ०१-४४१२४०७, ०१-४४११०३१, ०१-४४१२१६५, ०८३-४१४०२३ र ०८३˗४१४०४५ मा सम्पर्क गर्न सकिने जानकारी पनि सेनाले दिएकाे छ ।)

    प्रतिक्रिया दिनुहोस्

    images
    images