images
images
  • कोरोना अपडेट : संक्रमित भन्दा संक्रमणमुक्त बढी, ९ जनाको मृत्यु (विवरणसहित)

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको १७ हजार ६ सय ७४ जनाको परीक्षण गर्दा ३ हजार ६ सय ५७ जनाको पीसीआर र १ हजार ९ सय २६ जनामा एन्टीजेन पुष्टि भएको हो ।

    त्यसैगरी पछिल्लो २४ घण्टामा थप ८ हजार २ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ७१ हजार १ सय ६५ पुगेको छ ।

    त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ५२ पुगेको छ ।

    हाल नेपालमा ७४ हजार ६ सय ५३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images