images
images
  • ४४ वर्षपछि अस्ट्रेलियन विजेता एस्ली बार्टी

    मेलबर्न- एस्ली बार्टीले ४४ वर्षयता अस्ट्रेलियन ओपन जित्ने पहिलो घरेलु खेलाडी हुनुलाई आफ्नो सबैभन्दा ठूलो सपना पूरा भएको मानेकी छन् । विश्व नम्बर एक खेलाडी बार्टी दोस्रो सेटमा एक समय २७ औं वरीयताकी अमेरिकी डेनियल कोलिन्सविरुद्ध ५–१ ले पछाडि परेकी थिइन् । तर, उनले उत्कृष्ट पुनरागमन रच्दै खेल ६–३, ७–६ ९७र२० ले जितिन् ।

    उनले जितेको यो तेस्रो ग्रान्ड स्लाम हो । यसअघि २५ वर्षीया बार्टीले सन् २०१९ मा फ्रेन्च ओपन र गत वर्ष विम्बल्डन जितेकी थिइन् । सेरेना विलियम्सपछि अहिले सक्रियमध्ये बार्टी तीन फरक कोर्टमा उपाधि जित्ने पहिलो खेलाडी पनि भएकी छन् । उनी भन्छिन्, ‘मेरा लागि सपना पूरा भएजस्तै हो । मलाई अस्ट्रेलियाली भएकामा धेरै गर्व छ ।’

    बार्टीअगाडि क्रिस्टिन ओ’निलले अन्तिम पटक घरेलु खेलाडीका रूपमा अस्ट्रेलियन ओपन जितेकी थिइन् । उनले सन् १९७८ मा यो उपलब्धि हात पारेकी थिइन् । शनिबारको खेल हेर्न उनी आफैं उपस्थित थिइन् । फाइनलपछि क्रिस्टिनले भनिन्, ‘बार्टीका लागि म निकै खुसी छु । म उनको ठूलो प्रशंसक पनि हुँ ।’

    उपविजेतामा सीमित कोलिन्सले भावनात्मक हुँदै प्रतिक्रिया दिइन्, ‘बार्टीलाई उपाधिका लागि धेरै बधाई । उनले पूरा प्रतियोगितामा निकै उत्कृष्ट प्रदर्शन गरिन् ।’
    फाइनलसम्मको यात्रापछि कोलिन्स अब निकालिने वरीयतामा शीर्ष १० भित्र पहिलोपल्ट प्रवेश गर्नेछिन् । दोस्रो सेट टाइब्रेकरमा गएपछि बार्टी कोलिन्समाथि पूर्णतः हाबी रहिन् । सन् २०१४ ताका ग्रान्ड स्लाम टेनिसका पहिलो चरणबाटै बाहिरिन थालेपछि बार्टी व्यावसायिक क्रिकेटतिर लागेकी थिइन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images