images
images
  • कानुनमन्त्री बडुलाई कोरोना संक्रमण

    काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोभिड-१९को संक्रमण पुष्टि भएको छ ।

    पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री बडुको सचिवालयले जानकारी दिएको छ । उनले बुधबार पिसिआर परीक्षण गरेका थिए । संक्रमण पुष्टि भएपछि मन्त्री बडु आइसोलेसनमा छन् ।

    यसअघि पर्यटनमन्त्री प्रेम आलेलाई पनि कोभिड-१९ संक्रमण भएको थियो । उनी संक्रमणमुक्त भइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images