images
images
  • जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक गरिँदै

    राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा आज बुधबार सार्वजनिक गरिँदैछ । केन्द्रीय तथ्यांक विभागले आज भर्चुअल पत्रकार सम्मेलन गरी गत मंसिरमा सम्पन्न जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागेको हो ।

    जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या कति र  विदेशमा रहेकाको संख्या आज सार्वजनिक हुन लागेको हो ।

    विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार आठदेखि नौ महिनामा विस्तृत नतिजा सार्वजनिक हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images