काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार १७२ जना कोभिड संक्रमित थपिएका छन् । काठमाडौंमा ४ हजार ८७५, भक्तपुरमा ५१५ र ललितपुरमा ७८२ जना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५६ हजार ८८२ पुगेको छ ।देशभर आज ८७ हजार ११७ जना होम आइसोलेसनमा र १ हजार ८१७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
तीमध्ये २४५ जना आईसीयूमा र ४४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















