images
images
  • नेपाली सेनाका सबै तहका परीक्षा स्थगित

    काठमाडौं- खुला प्रतिस्पर्धाबाट जनशक्ति छनौट गर्न विभिन्न तहमा विज्ञापन आह्वान गरेको नेपाली सेनाले सबै परीक्षा कार्यक्रम स्थगित गरेको छ ।

    सेनाले विभिन्न पदको लिखितलगायतका परीक्षा यसअघि नै तय गरेको थियो । कोभिड–१९ महामारी द्रुत गतिमा फैलिएसँगै वार्षिक कार्यतालिका अनुसार सञ्चालित भर्ना छनौट परीक्षा कार्यक्रम माघ ११ बाट लागू हुने गरी स्थगित भएको नेपाली सेनाले जनाएको छ ।

    स्थगित परीक्षा कार्यक्रम अवस्था सहज भएपछि तय गरिने जंगी अड्डाको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images