images
images
  • रेइम्समाथि पिएसजीको फराकिलो जित

    गएराती सम्पन्न खेलमा पिएसजीले रेइम्सलाई ४-० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा मार्को भेराटी, सर्जियो रामोस र डानिलो पेरेइराले एक एक गोल गरेका थिए भने एक गोल रेइम्सका वोउट फाएजले आत्मघाती गोल गरेका थिए ।

    यस खेलमा लियोनेल मेसी पिएसजीको टिममा फर्किएका छन् । उनी कोरोना संक्रमणका कारण पछिल्ला खेलहरुमा मैदान बाहिर रहेका थिए । यो जितपछि पिएसजीको २२ खेलमा ५३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । पिएसजी दोस्रो स्थानमा रहेको निस भन्दा ११ अंकले अगाडी रहेको छ ।

    त्यस्तै रेइम्सको २२ खेलमा २४ अंक छ भने लिगमा १४औं स्थानमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images