images
images
  • अस्ट्रेलियन ओपनः विश्व नम्बर एक बार्टी चौथो चरणमा

    अष्ट्रेलियन विश्व नम्बर एक अस्ले बार्टी शुक्रबार अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेकी छिन् ।

    मेलबर्न पार्कमा भएको खेलमा बार्टीले इटालियन क्यामिला जियोर्जीलाई ६-२, ६-३ को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश पाइन् ।

    बार्टी गत वर्ष ओपनको क्वार्टरफाइनलबाट बाहिरिए पनि विम्बल्डन च्याम्पियन बनेकी थिइन् । सन् २०१२ देखि ग्रान्डस्लाममा डेब्यु गरेकी बार्टीले सन् २०२० मा अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेकी थिइन् ।

    चौथो चरणमा बार्टीले अमेरिकी अमान्डा अनिसिमोभा र जापानकी नाओमी ओसाकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् । ओसाका ओपनकी साविक विजेतासमेत हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images