images
images
  • दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुवर

    काठमाडौं- अनलाइन सपिङ साइट दराज नेपालको प्रबन्ध निर्देशक पदमा आँचल कुँवर नियुक्त भएकी छिन् । उनी दराजको नेतृत्व गर्ने पहिलो महिला प्रबन्ध निर्देशक हुन्।

    दराज अलिबाबा समूहको लगानी रहेको कम्पनी हो । दराजका सीईओ बियार्के मिक्केलसेनले लिन्क्ड इनमा नियुक्तिको घोषणा गरेका थिए ।

    उनीसँग करीब साढे पाँच वर्ष अमेजनमा काम गरेको अनुभव छ । नेपालमा जन्मिएर सेन्ट जेभि आँचलले कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एमबीए, गणित र अर्थशास्त्रमा सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनेसोटाबाट बीएस सकाएर १३ वर्ष यूएसको कर्पोरेट क्षेत्रमा काम गरेकी छिन् ।

    उनले नेपाली जनताका लागि विश्वस्तरीय अनलाइन सपिङ अनुभव सृजना गर्ने धेरै प्रतिभाशाली पेशेवरहरूको समूहको नेतृत्व गर्ने यो अवसरले सम्मानित महसुस गरेको बताएकी छिन् ।

    ‘नेपाली ई-कमर्स उद्योगमा दराजको द्रुत वृद्धि र प्रभाव टाढाबाट पनि स्पष्ट देखिन्छ । यसरी, म दराज नेपाललाई घरायसी नाम र हाम्रा सबै ग्राहकहरूको किनमेल आवश्यकताहरूको लागि वान-स्टप समाधानको रूपमा स्थापित गर्नमा भाग लिन पाउँदा धेरै उत्साहित महसुस गर्छु,’ उनले भनेकी छिन् ।

    दराजको वर्तमान एमडी लिनो अहलेरिङले सिङ्गापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सरुवा भएपछि उनले पदभार ग्रहण गर्नेछिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images