images
images
  • सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीलाई बिहीबार बुस्टर डोज लगाउने

    काठमाडौं- सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीलाई कोरोनाभाइरसविरुद्धको बुस्टर डोज लगाउने भएको छ ।

    सर्वोच्चले बिहीबार सूचना जारी गरेर बिहीबार बिहान ११ बजेदेखि अदालत प्राङ्गणमा पहिलो र दोस्रो डोज लगाएका न्यायाधीश र कर्मचारीलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउने जानकारी दिएको हो ।

    खोप लगाउन आउँदा अनिवार्य रुपमा खोप कार्ड लिएर आउन भनिएको छ ।

    suprime.png

    प्रतिक्रिया दिनुहोस्
    images
    images