images
images
  • नेकपा (एमाले) कालीकोट अध्यक्षमा जसीप्रसाद पाण्डे

    मान्म । नेकपा (एमाले) कालीकोटको नवौँँ जिल्ला अधिवेशनबाट अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् । पाण्डेले निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई १३६ मतले पराजित गरेका हुन् । शुक्रबार अन्तिम मतगणनामा पाण्डेले २३३ मत र शाहीले ९७ मत पाएका थिए।

    उपाध्यक्षमा दयाराम सिम्खडा ३८० मत ल्याएर विजयी भए भने सचिवमा टेकबहादुर बुढाले ३४४ मत ल्याएर विजयी भएका छन् । सहसचिवमा व्यासी तिरुवा ३९० मत र मनराज शाही २६९ मत ल्याएर विजयी भएका नेकपा(एमाले) जिल्ला निर्वाचन अधिकृत तुलाराम पाण्डेले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images