बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–११ मा जारी टि–१० क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीन खेल सम्पन्न भएका छन् ।
बगलेखान खेल मैदानमा भएको पहिलो खेलमा नानीगाडले चैनपुरलाई ८२ रनले हरायो । नानीगाडले दिएको १३६ रनको लक्ष्य पछ्याएको चैनपुर ५३ रनमा सीमित भयो । बयासी रन बनाउनुका साथै दुई विकेट हात पार्ने नानीगाडका सुरज चन्द म्यान अफ द म्याच चुनिए ।
दोस्रो खेलमा नागार्जुन सिम ए ले डिबडे स्पोर्ट्स क्लबलाई १८ रनले पाखा लगायो । सिम ए ले दिएको ९३ रनको विजय लक्ष्य पछ्याएको डिबडेले ७४ रन मात्रै बनाउन सक्यो । चालीस रन बनाएका सिमका ललित जोशी म्यान अफ द म्याच भए ।
यस्तै तेस्रो खेलमा मावि बगलेखानले एनआरवाइसी बी माथि १० विकेटको जीत निकालेको छ । एनआरवाइसीले दिएको ५१ रनको लक्ष्य बगलेखानले विनाविकेटको क्षतिमा भेट्टायो । बगलेखानका मनोज जोशी म्यान अफ द म्याच हुन सफल भए ।
नागार्जुन रणसैनी युवा क्लब बठ्ठा ९एनआरवाइसी० को आयोजनामा पुस २४ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेतालाई रु २० हजार, ट्रफी र मेडल प्रदान गरिनेछ । द्वितीय हुने टिमलाई नगत रु १० हजार, ट्रफी र मेडल प्रदान गरिने आयोजक नागार्जुन रणसैनी युवा क्लबका अध्यक्ष वीरेन्द्र चन्दले बताए ।


विश्व खबर 


















