
टर्कीको राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी अहमत कालिकको २७ वर्षको उमेरमै निधन भएको छ ।
उनले टर्किस सुपर लिग क्लब कोन्यास्पोरका लागि खेल्दै आएका थिए । उनले तीन वर्ष गालाटासारेबाट खेलेका थिए । उनको मंगलबार कार दुर्घटनामा निधन भएको हो ।
कोन्यास्पोरले आफ्नो ट्वीटर ह्याण्डल मार्फत उनको निधनका बारे जानकारी दिएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्