images
images
  • पृथ्वीजयन्ती: श्रद्धार्पण गर्ने अवसर मिलाएकामा राष्ट्रपतिद्वारा धन्यवाद

    काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीका अवसरमा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाह र अभियानका वीरयोद्धा काजी कालु पाँडेप्रति श्रद्धासुमन अर्पण गर्ने अवसर मिलाएकामा नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेकी छन् ।

    राष्ट्रपतिले आज अपराह्न ट्विट गर्दै राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा सो अवसर मिलाएकामा नेपालका विभिन्न प्रज्ञा–प्रतिष्ठान, स्थानीय तह, नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकायलाई पनि धन्यवाद दिएकी छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले आज सिंहदरबार पश्चिम मूलढोका गई त्यहाँ अवस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका शालिकमा पुष्पहार अर्पण गरेकी थिइन् ।

    उनीले आजै चन्द्रागिरि नगरपालिका वडा नं १ स्थित दहचोकमा रहेको काजी कालु पाँडेको शालिकमा पुष्पहार अर्पण गरी श्रद्धाभाव प्रकट गरेकी थिइन् ।

    उनीले त्यसअवसरमा चन्द्रागिरि नगरपालिका वडा नं १ स्थित दहचोक क्षेत्रमा निर्माण भएका संरचनाहरुको अवलोकन पनि गरेकी थिइन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images