images
images
  • काठमाडौं उपत्यकामा २५ जनाभन्दा भेला हुन नपाइने

    काठमाडौं- काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार बसेको संयुक्त बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो ।

    काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो । यो निर्णयसँगै भेला, सम्मेलन, जुलुस निकाल्न रोक लागेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images