नारायणहिटीमा कफीसप सञ्चालनबारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक

नारायणहिटीमा कफीसप सञ्चालनबारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक

विश्व खबर

@BishwoKhabar

२०७८ पुस २६ गते सोमबार ०५:१५

काठमाडौं- नारायणहिटी दरबार संग्रहालय परिसरमा कफीसप सञ्चालनबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममा...

काठमाडौं- नारायणहिटी दरबार संग्रहालय परिसरमा कफीसप सञ्चालनबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदन सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले मगरले ६.३४ आना जग्गा ठेक्का सम्झौता भए पनि १४ रोपनीमा संरचना निर्माण भएको प्रारम्भिक सूचना पाएको बताए ।

उनले कार्यक्रममा देशका अन्य भागमा पनि यस्ता सम्पदा, धार्मिक स्थल, पुरातात्विक महत्वमा स्थानमा अतिक्रमण र अनियमितता भइरहेको बताए । यस्ता अतिक्रमण हटाउन आफू आएको उनले दाबी पनि गरे । मन्त्री आलेले समितिले सार्वजनिक गरेको प्रतिवेदनमाथि छलफल हुने र यो विषयमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगको पनि ध्यानाकर्षण हुनुपर्ने बताए ।

होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी कफीसप सञ्चानल सम्बन्धमा मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । समितले ठेक्का दिँदा नै मिलेमतो गरेर दिइएको निष्कर्ष पनि निकालेको छ ।

प्रकाशित मिति २०७८ पुस २६ गते सोमबार ०५:१५
प्रतिक्रिया दिनुहोस
  • ncell

  • ninm

  • nic asia