images
images
  • सप्तरीमा लागुऔषधसहित दुई जना पक्राउ

    सप्तरी । सप्तरी प्रहरीले लागूऔषध सहित दुई जनालाई बिहीबार पक्राउ गरेको छ ।

    भारतबाट नेपालतर्फ साइकलमा आइरहेका तिलाठी कोइलाडी गाउँपालिका ८ बस्ने २० वर्षीय परमान्द महतो र विष्णुपुर गाउँपालिका ४ बस्ने २३ वर्षीय तेजनारायण यादवलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

    उनीहरूलाई सप्तरीको राजगढ गाउँपालिका-६ बनैनियाँबाट पक्राउ गरेको सप्तरीका प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

    उनीहरुको संग रहेको एसपिएम प्रोक्सिभोन ४ सय ८ थान, नाइट्राभेट–१० लेखिएको ४ थान र डाइलेक्स डिसी सय एमएलको ४ थान बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूलाई लागू औषध ओसारपसार सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको काफ्लेले बताए ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images