images
images
  • राष्ट्रिय सभा निर्वाचन: कर्णाली प्रदेशमा ६ जनाको उम्मेदवारी दर्ता

    सुर्खेत- कर्णाली प्रदेशमा राष्ट्रिय सभा सदस्य तीन पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित गठबन्धन दलकातर्फ तीन जना र नेकपा एमालेका तर्फबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

    गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत), नेपाली कांग्रेसका दुर्गाकुमारी गुरुङ (सुर्खेत), नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा (सल्यान) ले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेबाट चुडामणि शर्मा (सुर्खेत), पदमबहादुर माझी (दैलेख) र गंगा थापा महत (जुम्ला) ले राष्ट्रियसभा पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

    कर्णालीमा प्रदेश सभाका ३५ सांसद र ७९ पालिकाका प्रमुख,उप(प्रमुख तथा अध्यक्ष, उपाध्यक्ष गरी एक सय ५६ गरी एक सय ९१ जनाले मतदान गर्ने छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images