मुगु- छायाँनाथ रारा नगरपालिकाका अपांगता भएकाहरूले परिचयपत्र बनाइ दिन माग गर्दै एक वर्षअघि दिएको निवेदनमाथि अझैसम्म सुनुवाइ भएको छैन । उनीहरूले परिचयपत्र अभावमा राज्यबाट पाउने सुविधाहरूबाट बन्चित हुनु परेको भन्दै आव २०७७र०७८ मै परिचयपत्नका लागि निवेदन दिएको बताएका छन् । ११२ जनाले निवेदन दिए पनि नगरपालिकाले सामान्य छनबिन समेत सुरू नगरेको उनीहरूको दुखेसो छ ।
छाँयानाथ रारा नगरपालिका-१२ बालचौरका रत्नबहादुर बिकको बाल्याकालदेखि नै दुबै हात चल्दैन । उनलाई बोल्न पनि समस्या छ । पछि अलि ठूलो भएपछि फेरि लड्दा हात पनि भाँचियो । अहिले उनी राम्रोसँग हिडडुल र बोल्न नसक्ने उनकी आमाले बताइन । उसलाई परिचयपत्र दिए अलि अलि भए पनि सरकारले भत्ता दिने हुँदा रेखदेखमा सहज हुने रत्नबहादुरकी आमाले गुनासो गरिन । उनले भनिन्, ुनगरपालिकामा अपाङ्ग परिचयपत्र पाउँ भनेर सबै कागज पत्रसहित निवेदन दिएको एक वर्ष भयो ।अहिलेसम्म परिचयपत्र पाइएको छैन ।
छायाँनाथ रारा नगरपालिका-१ घाटकी अपांगता भएकी सुजाता मल्लले पनि अहिसम्म राज्यबाट पाउने कुनै पनि सेवासुविधा पाउन सकेकी छैनन् । उनका बुबा पदम मल्लले अपांगता परिचयपत्रका लागि एक वर्षअघि नै नगरपालिकामा निवेदन दिएका थिए । तर, अहिलेसम्म नगरपालिकाले सोधखोजसमेत गरेको छैन ।
छायाँनाथ रारा नगपालिकामा मात्रै होइन मुगुको सोरु, खत्याड र मुगु कामारोङ्ग गाउँपालिकामा समेत यस्तो समस्या वर्षौदेखि छ । परिचय पत्रको लागि धेरै पटकको छलफलपछि छाँयानाथ रारा नगरपालिकाले दुई चरण गरेर क नम्बरको परिचय पत्र चार जना, ख वर्गको १५ जना, गु वर्गको १२ जना, घ वर्गका २५ जनागरी ५६ जनाले परिचय पत्र पाएको जनप्रतिनिधिहरूले बताएका छन् । अझै ११२ जनाले परिचय पत्र पाउन सकेका छैनन् ।
अपाङ्ग पुनर्स्थापना तथा ग्रामीण विकास संस्था डार्डो नेपाल मुगुका अध्यक्ष सक्कबहादुर बुढाका अनुसार सबैलाई परिचयपत्र दिन माग भइरहेको छ । गाउँमा सिंहदरवार आए पनि नागरिकहरूले अझै सेवा सहजै पाउन नसकेको उनको भनाइ छ । अपाङ्गता परिचय पत्र वितरण संयोजक तथा छायाँनाथ नगर उपप्रमुख सुन्तला रोकायाले अब केही दिनमै सबैले परिचयपत्र पाउने बताइन । पालिकाका प्रमुख प्रशासकीय अधिकृत जिल्लाबाहिर गएका कारणा ढिला भएको र अबको एक साताभित्रै अपांगता परिचयपत्र दिने उनले प्रतिबद्धता जनाइन ।


विश्व खबर 



















