images
images
  • अस्ताइन नेपाली साहित्यमा पीएचडी गर्ने पहिलो नेपाली महिला डा.बानिरा गिरी


    काठमाडौं । नेपाली साहित्यमा विद्यावारिधी गर्ने नेपाली महिला एवं लेखिका डा. बानिरा गिरीको निधन भएको छ ।

    ७५ वर्षिया गिरीको निधन आइतबार राति १० बजे भएको पारिवारिक स्रोतले जनाएको छ ।

    २० दिनअघि कोरोनासंक्रमण देखिएकी गिरी गिरीको निधन चाहिँ हृदयघातले भएको जनाइएको छ ।

    आइतबार नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उनको निधन भएको जनाइएको छ । विगत ३ वर्षदेखि उनी अल्जाइमर्स रोगले पीडित थिइन् ।

    गिरी नेपाली साहित्यकी प्रखर, बेजोड र अनन्त हुङ्कारसहितकी कवयित्री र उपन्यासकार हुन ।

    उनी पीएचडी गर्ने पहिलो महिलाको रुपमा परिचित थिइन् । कवि गोपालप्रसाद रिमालमाथि शोध गरेबापत उनले त्रिभुवन विश्वविद्यालयबाट उपाधि प्राप्त गरेकी थिइन् ।

    उनका श्रीमान, एक छोरा र एक छोरी छिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images