images
images
  • मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा

    काठमाडौं– उपत्यकाका तीन जिल्लाले आजदेखि ‘पशु बधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा ल्याएका छन् ।

    काठमाडौं, ललितपुर र भक्तपुरका तीन जिल्लाले आजदेखि  उक्त ऐन कार्यान्वयनमा ल्याएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।

    उक्त कानुन जारी भएको २८ वर्षपछि कार्यान्वयनमा आएको हो ।

    काठमाडौं, भक्तपुर र ललितपुरका २१ स्थानीय तहबाट उक्त ऐन कार्यान्वयन गरिएको मन्त्रालयका सहप्रवक्ता एवं वरिष्ठ कृषि अर्थविज्ञ डा.लालकुमार श्रेष्ठले जानकारी दिए ।

    योसँगै अव्यवस्थित ठाउँमा पशु बध गरेर उपभोक्तासम्म अस्वस्थ मासु पुग्ने क्रम रोकिने विश्वास गरिएको छ ।

    सरकारले गत भदौ १ गते नै राजपत्रमा सूचना प्रकाशन गरी देशभर तीन चरणमा ऐन लागू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

    त्यसैअनुसार पहिलो चरणमा आजदेखि ऐन कार्यान्वयनमा आएको हो ।

    आजदेखि पहिलो चरणमा काठमाडौं उपत्यकाका तीन जिल्लाका २१ स्थानीय तहमा यो ऐन लागू भएको छ ।

    ऐन कार्यान्वयन भएसँगै जथाभावी पशु बध गर्न र मासु बेच्न नपाइने भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images