काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
मंगलबार काठमाडौंमा अखिल नेपाल किसान महासङ्घको विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले असह्य अवस्था आए आन्दोलन तत्काल सुरु हुन सक्ने बताए ।
उनले प्रतिकूल परिस्थितिबाट पछि नहटी आत्मविश्वास र मनोबलका साथ अघि बढ्न कार्यकर्तालाई आग्रह गरे ।
ओलीले सर्वोच्च अदालतप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला हुन ढिलाइ भएको टिप्पणी गरे ।
समयमा न्याय नपाउनु पनि न्याय नपाउनु सरह भएको उनको भनाइ थियो ।
उनले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन जनताको घरदैलोमा पुग्न, किसान तथा नागरिकसँग संवाद गर्न र एमालेलाई बलियो लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्न नेता–कार्यकर्तालाई निर्देशन दिए ।






















