images
images
  • राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको दाबी, लिङ्देनलाई सर्वोच्च नेताको प्रस्ताव

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

    उनले एक–दुई दिनभित्र औपचारिक घोषणा गर्ने बताएका छन् ।

    पार्टीमा पुस्तान्तरण र रूपान्तरण आवश्यक रहेको भन्दै शाहीले युवाहरूले नेतृत्व लिनुपर्ने बताएका छन् ।

    जनताको विश्वास जित्ने पार्टी बनाउन सिद्धान्त, एजेन्डा र व्यवहारमा सुधार गर्नुपर्ने उनको भनाइ छ ।

    शाहीले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको सर्वोच्च नेता बनाउन प्रस्ताव गर्ने बताएका छन् ।

    उक्त प्रस्ताव स्वीकार नगरे लिङ्देनसँगै अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने उनको भनाइ छ ।

    यसैबीच, लिङ्देन पनि पुनः अध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन्। नेता विक्रम पाण्डेले समेत अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।

    पाण्डेलाई पूर्वअध्यक्ष कमल थापा र प्रकाशचन्द्र लोहनीको समर्थन रहेको राप्रपाका केही नेताहरूको दाबी छ ।

    राप्रपाको केन्द्रीय महाधिवेशन आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ ।

    जुम्लाबाट दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित शाही हाल पार्टीको प्रवक्ता तथा संसदीय दलका नेता छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images