images
images
  • रारा म्याराथनको सद्भावना दूतमा मिरा राई नियुक्त

    काठमाडौं- कीर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई रारा म्याराथनको सद्भावना दूत (गुडवील एम्बासडर) नियुक्त भएकी छिन् ।

    आगामी ११ वैशाखमा मुगुको रारा तालबाट सुरू भई चुचेमारा हिमाल, डाँफे लेकहुँदै जुम्ला बजार पुगेर समापन हुने रारा म्याराथनको तयारी तिव्र पारिएसँगै राईलाई सद्भावना दूत नियुक्त गरिएको हो । म्याराथनको आयोजना र व्यवस्थापन अन्तरालले गरेको हो । यस प्रतियोगितामा पुरुष तथा महिला फुल म्याराथनका दुवै विधामा समान पुरस्कार रहनेछ ।

    सद्भावना दूतसहित मिरा राई रारा म्याराथनमा समेत सहभागी हुने छिन । म नयाँ खेलाडीलाई प्रोत्साहन गर्न उनीहरूसँगै दौडिने छु तर प्रतियोगीका रुपमा होइन्,ु मीराले भनिन् ।

    मीरा राई विश्व एथलेटिक्स जगतमा साहसिक नेपाली ट्रेल तथा स्काई रनरका रूपमा परिचित एथ्लेट हुन । दर्जनौँ अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक जित्न सफल मीरा सन् २०१७ को नेसनल जोग्राफी एड्भेन्चर अफ द एयरु विजेता पनि हुन् ।

    रारा म्याराथनका अध्यक्ष जयनारायण शाहले मीरा राई जस्तो कीर्तिमानी धाविकालाई सद्भावना दूतको रुपमा पाउँदा रारा म्याराथनको उचाई बढेको बताए । उनले भने, मीरा जस्तो व्यक्तित्व, जसको जीवनयात्रा सुन्दा दन्त्यकथा जस्तो लाग्छ । उहाँको अनुभव, साहस र अन्तराष्ट्रिय अनुभवबाट नयाँ खेलाडीले धेरै कुरा सिक्नेछन् ।

    उनले जुम्ला विश्व किर्तिमानी धावक हरिबहादुर रोकायाको ठाँउसमेत भएको बताए । उहाँको मार्गनिर्देशनमा बढिरहेका छौं, अध्यक्ष शाहले भने, जुम्लामा हरिदाईको अनुभव, लगाव, मिहिनेतले हुर्किएका नयाँ खेलाडीको लागि रारा म्याराथन घरमै हुने ठूलो अवसर हुनेछ, सबै खेलाडीको लागि त छदैछ ।

    म्याराथनलाई भव्य रूप दिन सबै पक्षसँग छलफलअघि बढेको उल्लेख गर्दै रारा म्याराथनका इभेन्ट को-अर्डिनेटर चक्रबहादुर चन्दले सबैलाई सहकार्यका लागि अनुरोध गरे ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images