images
images
  • १४ औं महाधिवेशनपछि कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठकका यस्ता छन् पाँच निर्णय

    काठमाडौं-कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बसेको छ । केन्द्रीय निर्वाचन समितिबाट प्रमाण पत्र लिएलगत्तै सभापति शेरबहादुर देउवाले पहिलो बैठक राखेका हुन् ।

    बैठकले विभिन्न पाँच वटा निर्णयहरू गरेको महामन्त्री गगन थापाले जानकारी दिए ।बैठकले महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प गरेको महामन्त्री थापाले बताए ।त्यस्तै, पार्टीको महाधिवेशनलाई सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने निर्णय गरेको छ ।

    बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने र निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

    १४ औं महाधिवेशनबाट कांग्रेसमा १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको छ । शनिबार समितिका पदाधिकारीले प्रमाण पत्र बुझेलगत्तै पहिलो केन्द्रीय समिति बैठक बसेको हो ।

    यो पनि हेर्नुहोस्ः कांग्रेस नवनिर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यले पाए प्रमाणपत्र (फोटोफिचर)

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images