images
images
  • जुम्लावासीलाई चिसोबाट जोगाउने तातोपानी कुण्ड: जिल्लाभित्रकालाई २० रुपैयाँ, जिल्ला बाहिरकालाई ३० रुपैयाँ

    जुम्ला- जुम्लाको तापक्रम यतिबेला माइनस ६ दशमलब शून्य डिग्री छ । केही दिनपछि यहाँको तापक्रम माइनस १५ डिग्रीभन्दा माथि पुग्ने मौसम विभागको पूर्वअनुमान छ । बढ्दो चिसोबाट जोगिन यहाँका सर्वसाधारणले जसोतसो प्रयास त गरीरहेकै छन् । तर, पानी नै जम्न थालेपछि सरसफाइ गर्ने पानी र खानेपानीसमेत अभाव हुन थालेको छ ।

    बरफ बनेको पानी पगाल्ने प्रशस्त बिजुली अभाव र ज्यान तातो बनाउने लत्ताकपडा नभएका बेला यसका सर्वसाधारणलाई तातोपानी गाउँपालिकामा रहेको तातोपानी कुण्डले निकै राहत दिइरहेको छ । जब जुम्लामा चिसो बढ्छ तातोपानीको कुण्डमा नुहाउन आउनेको भिड लाग्छ । कुण्ड व्यवस्थापनको लागि तातोपानी पर्यटक व्यवस्थापन समितिसमेत गठन भएको छ । यसले तातोपानीमा नुहाउन आउनेको व्यवस्थापन र कुण्डको संरक्षण गरिरहेको छ ।

    तातोपानी धारामा नुहाएको जिल्लाभित्रकालाई २० रुपैयाँ र जिल्ला बाहिरको हकमा ३० रुपैयाँ समितले लिने गरेको समितिका कर्मचारी छकबहादुर बुढाले बताए । उनले भने, एक महिनामा ४० देखि ६० हजार शुल्कबाट मात्रै उठ्छ । यहाँ दिनकै एक सय ५० जनाभन्दा बढी सर्वसाधारण आउने गरेका छन् । उनी भन्छन्, जुम्लामा चिसो बढेसँगै तातोपानी धारामा नुहाउनेहरू पनि बढ्छ । यहाँ जुम्लाभन्कादा बाहिरका मानिससमेत आउने गरेका छन् ।

    नशासम्बन्धी समस्या भएका ध‍ेरै आउँछन्
    सिंजा गाउँपालिका-१ की ५६ वर्षीया खुमेनी दमाईलाई ढाड र खुट्टाको जोर्नी दुख्ने समस्या थियो । यहाँको तातोपानी धारामा नुहाउँन थालेदेखि सन्चो भएको उनी बताउँछिन् । उनी जस्तैं तातोपानी धारामा नुहाएर विभिन्न समस्या ठिक भएको बताउँने धेरै भेटिन्छन् । यही करण चिसो बढेसँगै तातोपानी धारामा नुहाउनेको संख्या ह्वात्तै बढेको छ ।

    267497780 1080838626004307 517763086661426786 n 1 .jpg 1

    महिलाका लागि असुरक्षित
    नुहाउन आउने महिलाका लागी धारा असुरक्षित बन्दै गएको चन्दननाथ नगरपालिका(५ की सुस्मिता कठायतले बताइन । उनले भनिन्, ुनुहाउने धरामा महिला पुरुष सराबरी हुन्छन् । सँगै नुहाउनु पर्दा महिलाहरूले असुरक्षित महशुस गर्ने उनको भनाइ छ । उनले भनिन्, धारामा नुहाउँदै गर्दा पुरुषहरू महिलालाई निहालेर हेर्छन् । महिलाहरू अशुरक्षित ठान्छन् ।ु गाउँपालिकाले महिला र पुरुषका लागि अलग अलग धारा बनाउन आवश्यक भएको उनको भनाइ ।

    267565310 831497307618862 8339863433595723938 n.jpg

     

    तातोपानी गाउँपालिकाको दुई वटा धारा थपेर केही फराकिलो भने बनाएको बताएको छ । एक ठाउँमा महिला र आर्को ठाउँमा पुरुषका लागि बनाएको हो । तर व्यवस्थापन राम्रो हुन भने सकेको छैन । पालिकाले ६० लाख खर्चर शौचालय, पार्क र धारा निर्माण गरेको भए पनि व्यवस्थापना राम्रो भएको छैन । टिकट काट्ने सिस्टम गरेपनि सुरक्षा बारे समितिले नसोचेको हरिबहादुर बुढाले बताए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images