images
images
  • नेपाल बंगलादेश बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने

    काठमाडौँ – नेपाल बङ्गलादेश बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राखेर अनलाइनबाट नै मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको छ। यसअन्तर्गत ग्राहकले बैंकको वेबसाइटमा अनलाइन ‘फिक्स डिपोजिट’ मा क्लिक गरेर आफूले चाहेको रकम तथा समयअनुसार मुद्दती खाता खोल्न सक्नेछन्।

    बैंकले यो योजना विशेष गरी नेपाली नागरिक तथा आप्रवासी नेपालीहरूका लागि ल्याएको जनाएको छ। यस योजनाअन्तर्गत विदेशमा कार्यरत नेपाली नागरिक तथा आप्रवासी नेपालीले मुद्दती खाता खोली लाभान्वित हुने बैंकले जनाएको छ।

    हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images