images
images
  • एटलेटिको म्याड्रिडमाथि सेभियाको जित

    काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत सेभियाले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सेभियाले एट्लेटिको म्याड्रिडलाई २–१ गोलले पराजित गरेको हो ।

    सेभियाको जितमा इभान राकिटिक र लुकास ओकम्पोसले एक एक गोल गरेका थिए । एट्लेटिकोका फिलिपेले एक गोल फर्काए । प्रतिस्पर्धात्मक खेलमा सेभियाले सातौं मिनेटमा खाता खोलेको थियो । राकिटिकले करिम रिकिकको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए ।

    ३३औं मिनेटमा फिलिपेले बराबरी गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउने प्रयास गरे । फिलिपेले थोमस लेमारको पासमा गोल गरेका थिए । ८८औं मिनेटमा लुकास ओकम्पोसले जुलेस कोन्डेको पास गोल गर्दै सेभियालाई जिताए । सेभियाका इभान राकिटिक ‘म्यान अफ द म्याच’ भए ।

    जितसँगै सेभियाले दोस्रो स्थान थप बलियो बनाएको छ । १७ खेलमा सेभियाको ३७ अंक छ । पराजित एट्लेटिको २९ अंकसहित पाँचौं स्थानमा झरेको छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ४२ अंक छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images